काठमाडौँ – नेकपा माओवादी केन्द्रको मान्यता आफ्नो पार्टीले पाउनुपर्ने भन्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पराजुलीले यसअघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी गौरवशाली एकता गरेका थिए । तर पछिल्लो समय प्रचण्ड एमालेमा प्रवेश गरिसकेकाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आफ्नो नेतृत्वमा रहेकाले राजनीतिक दलको मान्यता दिलाउनुपर्ने भन्दै पराजुलीले शुक्रबार आयोगमा निवेदन दिएका हुन् ।
पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र०को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० स्वतः आफ्नो हुनुपर्ने दाबी गरेका छन् ।
पराजुलीले नेपालको शान्तिपूर्ण सङ्घर्ष तथा क्रान्तिको नेतृत्व समेत गरी गणतान्त्रिक संविधान तयार गर्नमा अग्रणी भूमिका खेलेको पार्टी नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० आधिकारिक रूपमा घोषणा गर्दा दशवटा माओवादी पार्टी एकता भनिए पनि मुख्यतः निर्वाचन आयोगमा दर्ता भएका तीनवटा पार्टी एकीकरण भएको उल्लेख गरेका छन् ।





प्रतिक्रिया