देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हेलम्बु र मेलम्ची क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती हुदैन: प्रधानमन्त्री ओली

देशान्तर

 

काठमाडौं स् प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर विपत्तिमा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका छन्।

बाढीग्रस्त क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्रीले भने, तपाईंहरूको साथमा सरकार छ। यस्तो बेलामा कसैले पनि राजनीति नगरौँ। पीडितहरूको व्यवस्थापनमा जुटौँ।

प्रधानमन्त्री ओलीले बाढीपीडितको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर भएको बताए। पीडितको निजी आवास निर्माणको लागि पाँच लाख रकम उपलब्ध गराउने पनि प्रतिबद्धतासमेत जनाए। व्यवस्थित नीति निर्माण गरी पुनर्निर्माण गर्न सरकारले ढिलासुस्ती गर्ने छैन। तपाईंहरू नआत्तीकन बस्नुहोस् प्रधानमन्त्री भने।

प्रधानमन्त्रीले हेलम्बु गाउँपालिकालाई २ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २ करोड र मेलम्ची नगरपालिकालाई १ करोड ६५ लाखको चेकसमेत हस्तान्तरण गरे।

यस्तै, बाढीपीडितको अस्थायी व्यवस्थापनको लागि लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे।​