काठमाडौं – पूर्व– प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिको भन्दै सकारको चर्को आलोचना गरेका छन्।
आइतबार ५ बुँदे अपिल जारी गर्दै डा भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिनु अत्यन्त निन्दनीय र घृणित भएको उल्लेख गरेका छन्।
‘यसको भित्री अभिष्ट भनेको नजिकका दलाल पुँजीपतिहरूलाई नै संस्थान पोस्नु रहेको छ’, भट्टराईले भनेका छन्, ‘क्रोनी क्यापिटालिज्मको योभन्दा नग्नरूप अरू के हुन सक्छरुु
उनले निगमलाई निजीकरण गर्न खोजिनुको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेका रहेको उल्लेख गरेका छन्।





प्रतिक्रिया