देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महोत्तरीको लोहरपट्टी नगरपालिका- ७ की सुजिताको शव फेला

देशान्तर

महोत्तरी– महोत्तरीको लोहरपट्टी नगरपालिका– ७ भमरपुराकी सुजिता ठाकुरको शव फेला परेको छ । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा सडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सुजिताको माइतीपक्षले शव पहिचान गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । गएको असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाँडल खन्दा कपाल, नुन, तन्ना र डोरी फेला पारेको थियो तर शव फेला परेको थिएन ।

सुजिताको गएको जेठ २० गते हत्या भएको थियो । महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।