देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘अनावश्यक सामान किनेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगरौँ’: ओली

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराएका छन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन।

उनले भने, ‘इक्विपमेन्ट चाहिए पनि नचाहिए पनि किन्ने । नचाहिएका इक्विपमेन्ट नखोलिकन राख्ने अनि देशको क्षति पुर्‍याउने जस्ता काम नहून् । किन्न आवश्यक पर्दा किन्ने हो । किन्न रुचि राख्न हुँदैन सामान । किनेर सामान निष्क्रिय बनाएर राख्ने, तिनको प्रयोग नगर्ने र प्रयोजनविहीन बनाएर राख्ने र देशलाई ठूलो घाटा । त्यो खालका कुरा हुनुहुँदैन । हामीले हरेक चिजको सदुपयोग गर्नुपर्छ । सक्रिय सदुपयोग हुनुपर्छ ।’

सडकमा फालिएका प्लास्टिक टिपेर गरी पुनः प्रयोगमा ल्याउने गरेको प्रसङ्ग उल्लेख गर्दै अनावश्यक सामान खरिद गरेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगर्न पनि उनले सचेत गराएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरी सरकारले पहलकदमी अघि बढाएको उनले बताए।

प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालले नयाँ सफलता हासिल गरेको भन्दै पूर्ण क्षमतामा अविलम्ब सञ्चालन गर्न निर्देशन दिनुभयो । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकताअनुसार अत्यावश्यक सामानलगायत मानवीय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउँदै उनले बिरामीलाई गुनासोरहित सेवा प्रदान गर्न पनि सचेत गराए ।