देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाले सिटौलालाई बोलाए बूढानीलकण्ठ

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता हुने भएको छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो ३ बजे देउवा र सिटौलाबीच बूढानीलकण्ठमा छलफल हुन लागेको हो ।

पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको जनाइएको छ । शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आज सिटौलासँग संवाद गर्न लागेका हुन् ।

साथै प्रतिनिधिसभा विघटनको मुद्दामा भोलि सर्वोच्चमा अन्तिम सुनुवाई हुन लागेकाले पनि देउवाले सिटौलासँग संवाद गर्न लागेका हुन् । छलफलमा सर्वोच्चबाट आउने सम्भावित फैसला र आगामी रणनीतिबारे देउवा र सिटौलाबीच छलफल हुन लागेको स्रोतले जानएको छ ।