काठमाडौँ । नेकपा एमालेकोआज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेकोले प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
आज कार्यदलले सहमति गरेपछि स्थायी कमिटीमा अनुमोदन गर्ने बताइएको थियो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले कार्यदलको सहमतिलाई पर्खिदै बैठक सोमबारसम्मका लागि सारिएको खरीबोटलाई जानकारी दिएका छन् । सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ ।





प्रतिक्रिया