नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।
एमालेको कार्यदलमा १० बुँदे सहमति भएको १० घण्टा पनि वित्न नपाउँदै नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको बताएका हुन् । प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य भएको नेता नेपालले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणाा सार्वजनिक गरेका हुन् ।
नेता नेपालले भनेका छन् ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’
एमालेमा १० बुँदे सहमति भएलगतै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले शेरबहादर देउवालाई १२३ जनाको मात्र समर्थन रहेको र सर्वोच्चले संसद पुनस्र्थापना र प्रधानमन्त्री नियक्तिका लागि परमादेश दिन नसक्ने दाबी गरेका थिए ।
मैले देउवा महाेदयलाई लेखेंकाे थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन हाेला?
तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो हाेला!बरू एकाबिहानै आएकाे टिप्पणी अदालतकाे निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेकाे देखें मैले त!कसाे हाेला?
फाटेकाे जालाेले छेकेकाे! pic.twitter.com/x3bJoIQ99U— Surya Thapa (@ThapajiSurya) July 12, 2021





प्रतिक्रिया