देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनीमा बजेटमाथिको छलफल शुरु

देशान्तर

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले पेश गरेको बजेटमाथि लुम्बिनी प्रदेशसभामा छलफल शुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७८र७९ को बजेटका बारेमा आजबाट मन्त्रालयगत छलफल शुरु भएको हो ।

सोबार र बुधबार बजेटमाथि छलफल हुने र असार ३० गते उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गरेपछि २७ दिनपछि हिजो मात्र छलफलका लागि प्रदेशसभामा प्रवेश पाएको थियो ।

प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बजेटमाथिको छलफल बहिष्कार गर्दै आएका विपक्षी दलले हिजोदेखि शुरु भएको सदनमा सहभागी भएका छन् ।
बजेटमाथि विपक्षी दलका संसदहरुले प्रचारमुखी बजेट भन्दै कार्यान्वयन हुन नसक्ने जनाएका छन् भने सत्तारुढ दलका सांसदहरुले बजेट जनमुखी भएको बताएका छन् ।