देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीमा देउवा आज नियुक्त हुँदै

देशान्तर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतलेराष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको तयारी पनि शुरु भएको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको समय मंगलबार साँझ पाँच बजे सकिँदैछ । सोही अनुसार राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी शुरु गरेको बताइएको छ ।

सोमबार सर्वोच्चको फैसलापछि बसेको ५ दलीय गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो । गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ । मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको विषयमा निर्णय गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने जनाइएको छ ।