देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाको बैठक शुरु, सरकारमा सहभागी हुने बारे निर्णय लिने

देशान्तर

काठमाडौँ – सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को यादव पक्षको केन्द्रीय कार्यकारिणी सदस्यको बैठक शुरु भएको छ । जसपाले उपलब्ध केन्द्रीय कार्यकारिणी समिती सदस्यहरुको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु भएको हो ।

जसपाले देउवा नेतृत्वको सरकारमा सहभागी हुने नहुने निर्णय गर्न बैठक बोलाएको हो । सर्वोच्चको आदेश अनुसार काँग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ गर्दै छन् । देउवा नेतृत्वमा जसपाबाट कम्तिमा एक जना मन्त्री बन्ने बुझिएको छ ।

अहिले देउवाले सानो मन्त्रिमण्डल बनाउने तयारी गरेकाले आज जसपाको सरकारमा सहभगिताको सम्भावना कम रहेको बुझिएको छ ।