देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा सरकारको पहिलो निर्णय : चैतसम्म सबै नागरिकलाई खोप सुनिश्चित गर्ने

देशान्तर

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

मंगलबार राति सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

बैठकले कोरोना लगाएत विभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली दिएको मन्त्री कार्कीले बताए । उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।

यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरे थियो । शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीसँग पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका थिए । देउवालाई मुख्यसचिव शंकरदास वैरागी एर्व सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।