देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनको धर्ना

देशान्तर

काठमाडौं – इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू माधव नेपाल समूह समाजवादी विद्यार्थी युनियन उपेन्द्र यादव समूह र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् ।

असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

गत असार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीच वार्तासमेत भएको थियो । तर, सो वार्ता विफल भएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।