देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीपी प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धता जनाउन केसी धरानमा

देशान्तर

सुनसरी – सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्धको आन्दोलनमा सहभागिता जनाउन डा। गोविन्द केसी धरान पुगेका छन् ।

एक महिनादेखि प्रतिष्ठान शुद्धीकरण अभियानको आन्दोलन थालेका यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुको आन्दोलनलाई हौसला प्रदान गर्न केसी धरान पुगेका बुझिएको छ ।

बीपी प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक डा। गौरीशंकर साहले आर्थिक अनियमिताा गरेको, प्रतिष्ठानलाई सहि ढंगले संचालन गर्न नसकेको र पदिय आचारण विपरित भ्रष्टाचार गरेको भन्दै यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुले आन्दोलित छन् ।

प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन थालेका चिकित्सक, नर्स र कर्मचारीहरुको हौसला प्रदान गर्न र प्रतिष्ठान सुधार गर्न सरकारलाई दबाब दिने उद्देश्यले आफु बीपी प्रतिष्ठान आएको डा। केसीले बताए ।

डा। केसीले आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीहरुलाई भेटेर प्रतिष्ठानको अबस्थाका वारेमा जानकारी लिने र २ बजे प्रतिष्ठान सुधारका लागि आफ्नो धारण सार्वजनिक गर्ने कार्यक्रम रहेको बीपी प्रतिष्ठान शुद्धिकरण अभियान आन्दोलन संर्घष समितका संहसंयोजक डा। विष्णु पोखरेलले जानकारी दिए।

संर्घष समितिले बुधवार आन्दोलनकारीहरुका जायज मागलाई २४ घण्टा भित्र पुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका संयोजक डा। सुर्यप्रसाद रिमालले सरकारले शुक्रवारसम्म माग पुरा नभए शुक्रवारदेखि आकस्मिक, कोभिड र परिक्षा बाहेकका अन्य कामकाज ठप्प पारेर आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिएका छन् ।