‘
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै स्थान नभएको बताएका छन् । ४१ महिनापछि प्रधानमन्त्री निवास बालुवाटारबाट आज (बुधबार) निजी निवास बालकोट फर्केका ओलीले सम्बोधन गर्दै ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत गर्न सकिने भए पनि नेपाललाई आत्मालोचना, कमी-कमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताए ।
माधव नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको उनले बताए । अदालतमा निवेदन हालेर सँधै परामादेशबाट किस्तीमा सरकार नपाइने चेतावनी उनले दिए । पार्टी भित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बत ।
निवर्तमान प्रधानामन्त्री ओलीले जनादेशबाट नभई अदालतको परमादेशबाट आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । बालुवाटार छाडेर निवास बालकोट पुगेका ओलीले अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीं नभएको जात्रा देखाएको आरोप लगाए ।





प्रतिक्रिया