देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यदल मिलाउन, ओली-नेपाल दोहोरी खेल्ने

देशान्तर

काठमाडौं – बालुवाटारबाट बुधबार बालकोट सरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन । दोस्रो तहका नेताहरुले पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसाग पार्टी एकता नहुने उदघोष गरे ।

आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । उता नेपालको रिस पनि ओलीप्रति उस्तै छ । आफू नेतृत्वको सरकार ढलेकोमा असन्तुष्ट बनेर ओलीले बहिष्कार गरेको नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ कार्यक्रममा नेपाल सहयोगी भए । संविधानको धारा उल्लेख नगरी देउवालाई शपथ गराउन खोजेको भन्दै राष्ट्रिपति कार्यालयमा विरोध जनाए र सबैभन्दा पहिले देउवालाई बधाई दिँदै खुशी प्रकट गरे ।

त्यसो त नेपाल स्वयं पनि देउवाको शपथ कार्यक्रममा जाने कि नजाने दोधारमै थिएन । तर, ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफूलाई होच्याएको भन्दै नेपाल शपथ समारोहमा जाने निचोडमा पुगेको उनको सचिवालयले जनाएको छ । कार्यदलले १० बुँदे सहमति गरे पनि ओली र नेपालबीचको बढ्दो द्वन्द्व एकता नै संकटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्, पार्टी एकतामा सक्रिय दोस्रो तहका नेताहरु । अन्नपूर्ण पोष्ट दैनिकबाट