देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल, नेपाल र चन्दबीच कोटेश्वरमा भेटवार्ता,समसामयिक विषयमा छलफल

देशान्तर

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका चन्दले बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेटेका हुन् ।

नेपालको निवास कोटेश्वरमा चन्द र नेपालबीच भेटवार्ता चलिरहेकै बेला दाहाल पनि पुगेका थिए । त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ । भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय सामान्य छलफल भएको थियो ।

साथै चन्द नेतृत्वको पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमतिका विषयमा पनि छलफल भएको छ । तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपनि चन्द नेतृत्वको पार्टीका माग पूरा भएका छैनन् । चन्दसँगै धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।