देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठकका लागि सांसदहरूको कोभिड परीक्षण हुने

देशान्तर

काठमाडौं – दोस्रोपटक पुनःस्थापित प्रतिनिधिसभा बैठकको लागि सांसद् तथा कर्मचारीहरूको कोभिड परीक्षण हुने भएको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा साउन १ गते सांसद्, कर्मचारी, मर्यादापालक र संसदीय मामिलसम्बन्धी पत्रकारहरूको एन्टिजने परीक्षण गर्न लागिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका शाखा अधिकृतद्वारा जारी सूचनामा संसद्को अधिवेशन आह्वान हुन लागेकाले परीक्षणका लागि दिउँसो ११ बजेदेखि ४ बजेसम्म संसद् भवनको स्काइ लाईट हलमा उपस्थित हुन आग्रह गरिएको छ ।

निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिसभा दोस्रोपटक विघटन गरेका थिए ।

तर, सर्वोच्च अदालतको असार २८ गतेको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित गर्दैै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।