काठमाडौं – संसद् पुनःस्थापनापछि प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
संसद अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको उनले बताए। सर्वोच्च अदालतले साउन ३ गते ५ बजेभित्र संसदको बोलाउन आदेश दिएको थियो।





प्रतिक्रिया