देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने

देशान्तर

काठमाडौं – नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिए ।

पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए ।