नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्श गरेपछि महासचिव ईश्वर पोखरेलले बैठक तय गरेका हुन् ।
यसअघि सरकारी निवास बालुवाटारमा बस्दै आएको एमालेको बैठक सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको हो ।
एमालेको बैठकल च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएकाले पनि च्यासलमा बैठक आयोजना गर्न लागिएको जनाएको छ ।
बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको छ ।
यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो ।





प्रतिक्रिया