काठमाडौं– सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आइतबारदेखि शुरू हुँदैछ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्।
प्रतिनिधिसभामा नेकपा एमाले १२१, नेपाली कांग्रेस ६३, नेकपा माओवादी केन्द्र ४९ र जनता समाजवादी पार्टी नेपाल ३४ सिट छ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र सांसदका रूपमा छक्कबहादुर लामा प्रतिनिधिसभामा छन्।





प्रतिक्रिया