देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सीसीएमसीको सिफारिस

देशान्तर

काठमाडौं– कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए ।

‘संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेका छौं’ प्रवक्ता खतिवडाले भने, ‘केही सर्तसहित खुलाउन भनेका छौं ।’