देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा माओवादीका दुई मन्त्रीद्धारा शपथ ग्रहण

देशान्तर

जनकपुरधाम– प्रदेश २ मा नेकपा माओवादी केन्द्र पनि आजदेखि सत्तारूढ दल बनेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख डा। राजेश अहिराजले मंत्री साहलाई र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् । उनीहरु शहिदको नाममा शपथ लिए ।

माओवादीबाट मन्त्री बनेका साह र कर्णलाई बधाई दिन प्रदेशका आठै जिल्लाबाट नेताहरु आएका थिए । सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएको छ ।