देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक बस्दै

देशान्तर

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । उक्त बैठक अगाडि एमालेले स्थायी कमिटी बैठक राखेको छ ।

शुक्रबार एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक राखेको थियो । यी दुबै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र उनको समूह उपस्थित भएका थिएनन् । भंग गरिएको कार्यदलका सदस्यहरू भने बैठक रोक्न माग गर्दै बैठक स्थल पुगेका थिए ।

एमालेले सोमबार भोलि बस्ने गरी केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ ।