देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवाले आइतबार विश्वासको मत लिने

देशान्तर

काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उनले विश्वासको मत लिने तयारी गरेका छन्।

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनु हुने सचिवालयले जनाएको छ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा एमालेका माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरे पनि प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।