देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने

देशान्तर

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेश हुने भएका छन् ।

नेकपा एमालेले सातौं अधिवेशन पछि सरकारले ल्याएको अध्यादेश संसदमा पेश गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकमा अडान लिएको थियो ।

‘संविधानको धारा ११४ अनुसार सबै अध्यादेश संसद्मा पेश गर्ने सहमति भएको छ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वटा अध्यादेश ल्याएका छन् ।

यी सबै अध्यादेश पुनर्स्थापित संसद्को पहिलो बैठकमै पेश हुने छन् । आजै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।