काठमाडौँ– च्यासलस्थित तुलसी स्मृति भवनमा सुरु एमाले स्थथायी समिति बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपस्थित भएको छैन । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बसिरहेको बैठकमा नेपाल समूह उपस्थित नभएको हो ।
बैठकमा विधान अधिवेशनको तयारीबारे पनि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएकोमा उनीहरू नआएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यसअघि शुक्रबार नेपाल समूहको उपस्थितिबिना बसेको स्थायी समिति बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशनको तयारीका लागि छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै लिन लागेको विश्वासको मतबारे पनि छलफल हुनेछ । प्रतिनिधि सभाको अधिवेशन आइतबार चार बजेबाट सुरु हुँदैछ ।





प्रतिक्रिया