देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्पतालहरूमा अक्सिजन बेडसहित,आइसियुको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अस्पतालमा अक्सिजन,आईसीयूको प्रवन्ध गर्न निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

मन्त्री देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

त्यस्तै,उनले कोरोनाको तेस्रो लहरको पूर्व- तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा बेडको व्यवस्था गर्न पनि निर्देशन दिएको प्रधानमन्त्री देउवाले जानकारी दिए।