देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ज्ञवालीलाई रिजालको जवाफ- संविधानको विशिष्टताबाट देउवा प्रधानमन्त्री बन्नुभयो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले संविधानको विशिष्ठताबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार बसेको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा भाग लिँदै रिजालले यस्तो बताएका हुन् ।

एमाले सांसद प्रदीपकुमार ज्ञवालीले ‘देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री बनेको’ भन्ने अभिव्यक्तिलाई काउन्टर जवाफ दिँदै रिजालले भने- ‘बाहिरिएका साथीहरुले पनि धेरै चित्त नदुखाउनुस् । शेरबहादुर देउवा संविधानको विशिष्टताका आधारमा प्रधानमन्त्री बन्नुभएको हो ।’ यस्तै रिजालले प्रधानमन्त्री देउवाको नम्रतालाई कमजोरीको रुपमा नलिनसमेत आग्रह गरे । भने- ‘म भन्न चाहन्छु । कुनै पनि व्यक्तिको नम्रतालाई कमजोरीको रुपमा नलिऔं ।’

नेता रिजालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा एमाले नेताहरुको अहंकार कारण यो अवस्था आएको बताए । उनले पूर्वप्रधानमन्त्री तथा एमालेका नेताहरुको नाम नलिएरै उनीहरुको कडा आलोचना गरेका छन् । ‘सत्तामा आफूसँग बस्नेहरुसँगको सम्मानको भाग हुनेछ भन्ने हामीले देखाउनेछौँ,’ उनले भने, ‘विपी कोइरालाको पार्टीका मानिसहरु हौँ हामी ।’

उनले अदालतले सधैं न्याय दिइरहेको र अदालतको विशिष्टतालाई सम्मान गर्नु पर्ने बताएका छन् । उनले अहिलेको संविधान विशिष्ट भएको र अदालतले समस्या भएका समयमा राम्रो काम गर्दै आएको पनि बताएका छन् । उनले अब हिजोका समस्याहरु फेरि नेपालीले भोग्न नपर्ने पनि बताएका छन् ।