देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महन्थ ठाकुरले भने- ‘हामी देउवालाई विश्वासको मत दिन्छौँ’

देशान्तर

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । आइतबार संसदमा बोल्दै ठाकुरले आफूहरुले देउवालाई मत दिने बताएका हुन् ।

‘तर, हामीले जसजसलाई मत दिएका छौँ, उनीहरुले हाम्रो आन्दोलन कमजोर बनाएका छन्,’ उनले भने, ‘अहिले देउवा जनताको आदेशले होइन, परमादेशले हो ।’

ठाकुरले आफूहरुलाई पनि गोली चलाउन आउने बताए । ‘प्रहरीले बन्दुक चलाउन जानेको छ, उसले यसका लागि तालिम लिएको छ,’ ठाकुरले भने, ‘गोली त हामीलाई पनि चलाउन आउँछ । हामीले पनि सिकेका छौँ ।’

ठाकुरले आफ्नो सम्बोधनमा रेशम चौधरीको प्रसंग पनि निकालेका थिए । उनले आफ्ना एक सांसद अहिले पनि जेलमा रहेको प्रसंग निकालेका छन् । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही मुद्दाहरुलाई निकालेर ठिक गरेको पनि बताएका छन् । ‘उहाँले हाम्रा माग र मुद्दा केही भए पनि सम्बोधन गर्नु भएको छ,’ ठाकुरले भने, ‘उहाँलाई धन्यवाद छ ।’