देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शशांक निवासमा संस्थापन इतरका कांग्रेस नेताहरुको बैठक जारी

देशान्तर

काठमाडौं – क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ ।

महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। रामशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् ।

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । यही विवादका बीच आगामी भदौमा १४ औं महाधिवेशन गराउनुपर्ने चुनौती कांग्रेस नेताहरुलाई छ । आसन्न महाधिवेशनमा आफ्नो पक्षमा माहोल बन्ने गरी मन्त्री पद बाँडफाँट गर्नुपर्ने दबाव नेताहरुलाई छ ।

यहीबीचमा प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । हाल सरकारमा कांग्रेस र माओवादीबाट दुई–दुई जना मन्त्री छन् ।