देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक बस्दै

देशान्तर

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्यहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटतर्फ लागेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठकका लागि उनीहरू बालकोटतर्फ लागेका हुन् । पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

२४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारवाही गर्ने भन्ने बारे स्थायी कमिटीमा छलफल हुने बताइएको छ । यसका साथै माधव नेपाल समूहका रहेका तर शेरबहादुर देउवालाई विश्वासको मत नदिई पार्टी एकताको पक्षमा उभिएका नेताहरूलाई कसरी समेट्ने भन्ने बारेमा पनि नेताहरू छलफलमा जुटेका छन् ।