देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमै क्यान्सरको औषधि उत्पादन सुरु

देशान्तर

काठमाडौैं– नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडले मुलुकमै पहिलोपटक औषधि उत्पादन सुरु गरेको हो । उक्त फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन सुरु गरिएको जानकारी दिएका छन् । उनले एक महिनाभित्र औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिएका छन् ।

यसअघि नेपालमा क्यान्सरको औषधि भारत वा तेस्रो मुलुकबाट आयात हुन्थ्यो । उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको बताए।

कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो ।

वैद्यले भने( क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए ।