देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रघुजी पन्तको अध्यक्ष ओलीलाई आग्रह- युवा कार्यकर्तालाई राम्रो संस्कार सिकाउनुस्

देशान्तर

काठमाडौँ ।  नेकपा एमालेका नेता रघुजी पन्तले युवा कार्यकर्तालाई राम्रो संस्कार सिकाउँ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सामाजी सञ्जालमा टिप्पणी गर्दै पन्तले दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय ब्यवस्था मन्त्री भैसकेका र कानून ब्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई सर्वोच्चको फैसलाविरुद्ध र प्रधानन्यायाधीशको पुत्ला जलाउन अनुमति दिएको भन्दै प्रश्न गरेका छन् ।

उनले माधव नेपालविरुद्ध नारा लगाएर, पुत्ला जलाएर वार्ता गरौँ भन्दै दोहोरो चरित्र देखाएको आरोप समेत लगाएका छन् । उनले पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने गाली गर्ने अनि वार्ता गरौँ भन्दै दोहोरो चरित्र देखाएको  बताएका हुन् ।

उनले भनेका छन्-  

चौबीस घण्टे स्पष्टिकरण सोधेर , देशका विभिन्न भागमा माधव नेपाल विरुद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ?  पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने ,गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र ब्यवहार किन  र केका लागि ?  मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं ।

सर्बोच्च अदालतको फैसलाविरूध्द नारा जुलुश गर्ने र प्रधानन्यायाधीशविरुद्ध नारा लगाउदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय ब्यवस्था मन्त्री भैसकेका र कानून ब्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका ? आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु  पो राम्रो होला ।

अहिले  सडकमा जे जस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा (एमाले) को मान , नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ । यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु । हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन !