देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता

देशान्तर

काठमाडौं – पछिल्लो समय भेटघाटलाई तीव्रता दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँगको भेटवार्ताकोक्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि रहेको छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा। बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले छलफल गरिसकेका छन् ।