देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले बैठक आज पनि जारी रहने

देशान्तर

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।

पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताइएको छ ।

पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको छ ।

एमालेले संसदीय दलको विधान विपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधिमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको हो ।

साउन ५ गतेको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएकोबारे भने उल्लेख छैन ।

तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाइएको छ ।

उनीहरुले दिने जवाफ चित्तबुझ्दो नभएमा पार्टीबाट निश्कासन गर्ने ब्यहोरा पनि पत्रमा खुलाइएको छ ।