देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा आधिकारिक मुद्दामा निर्वाचन आयोगमा सुनुवाइ जारी

देशान्तर

काठमाडौं– जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी छ ।

बिहीबार बिहान ११ बजदेखि जारी आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार आयोगले आजै बहस सक्ने गरी तयारी गरेको छ ।

दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने र अरु अधिवक्ताले केही भन्न चाहे बहस नोट लेखेर दिन सक्ने आयोगले जनाएको छ । पार्टीको आधिकारिकता दाबी गर्दै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ । साउन ३ गतेदेखि इजलासमा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको थियो ।

पहिलो चरणको बहस सकिएपछि आयोगदले दुवै पक्षलाई आ–आफ्नो सक्कल प्रमाण पेश गर्न आदेश दिएको थियो ।