काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका हुन्।
‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड आममाफी दिइनेछ।’
उनले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। यद्यपी कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति ब्यहोरेको उनको भनाइ छ। ‘तै पनि म भन्न चाहन्छु फेरि एकजुट भएर अगाडि बढौं।’ उनले भने ।





प्रतिक्रिया