देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता

देशान्तर

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति र समसामयिक विषयमा कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरेका छन् ।

यसअघि विप्लवले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष डा। बाबुराम भट्टराईसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।