देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी कार्यालयमा धर्नामा बसेकाहरुको माग छिटो सम्बोधन गर्न देउवाको निर्देशन

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा। प्रकाशशरण महत र पूर्वसहामन्त्री डा। रामशरण महतलाई जिम्मेवारी दिएका छन् ।

कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभापति देउवाले शुक्रबार नै उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

सानेपामा धनुषाका तीन नेता पाँच दिनदेखि आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा। रामवरण यादवका छोरा डा। चन्द्रमोहन अधिकारीसहित तीन नेता आमरण अनशनमा छन् । त्यस्तै बारा र सर्लाहीका नेता कार्यकर्ता पनि धर्नामा छन् । बिहीबारदेखि बाराका संस्थापन पक्षका करिब दुई सय नेता कार्यकर्ता पनि धर्नामा बसेका छन् ।