काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाए।
प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल मोटामोटी डेढ वर्ष रहेको भन्दै उनले यो अवधिमा देखिने गरी काम गर्ने बताए ।





प्रतिक्रिया