देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेम्वाङले संविधानको गलत व्याख्या गरेको देउवाको आरोप

देशान्तर

 

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ उपधारा ५ बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको तर गलत ब्याख्या गरेको बताए।

बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए।

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ उपधारा ५ किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो’

नेम्वाङले अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेको आफूले सम्झिरहेको देउवाको भनाइ थियो। उनले आफूहरुले विश्वासको मत लिने क्रममा ह्वीप जारी नगरेको पनि स्पष्ट पारे।

‘ह्वीप लगाएको होइन, भोट हाल भनेको होु, उनले भने,अनुरोध गरेको कुरालाई ह्वीप भन्न कहाँ मिल्छ ?’

उनले अब आफ्नो सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको भन्दै जति महंगो भए पनि किनेर सबैलाई उपलब्ध गराउने बताए।