देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हामीलाई आममाफी मिलेछ ,नाच्नु पर्ने भयो : नेता नेपाल

देशान्तर

 

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले आफूहरुलाई दिएको भनिएको आममाफी बडामहाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरे।

‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड।

उनले भने, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति रु यसलाई कम्युनिस्ट पद्धति भनिन्छ रु’ नेता नेपालले प्रश्न सोधे।

उनले फेरि पनि संसद विघटन गर्ने ओलीको षड्यन्त्र असफल पारिएको भन्दै आफूलाई साथ दिने सांसदलाई धन्यवाद दिए।

‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । हामीले बडो जायज काम गरेका छौं ।’ नेपालले भने, ‘मसँगै जोडिएका २३ जना सांसदलाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन। उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’