देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री बन्ने आकांक्षीको भीडले मानसिक तनाव दिएको छ : प्रचण्ड

देशान्तर

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले आफ्नो निवासमा मन्त्री बन्न आकांक्षा राख्नेको भीड लागिरहेको बताएका छन्।

आफ्नो पार्टीका ४९ सांसदलाई नै मन्त्री पद चाहिएको भन्दै यसले आफूलाई मानसिक तनाव दिएको प्रचण्डले बताएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्रीको आंकाक्षी रहेका छन्। यो आकांक्षाको होडबाजीले आफूलाई थेगिनसक्नु तनाव भएको प्रचण्डले बताए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसमा उनले यो तनावबाट आफू फुत्किन मुस्किल रहेको उल्लेख गरे।

कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ। पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ। मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए खुशी हुने प्रवृत्ति पार्टीभित्र जबर्जस्त छु, प्रचण्डले भने।

आफूलाई ४९ जनालाई नै मन्त्री बनाउन मन लागेको भएपनि यो हुन नसक्ने उनले जिकिर गरे।