देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले कार्यदलमा रहेका नेतासँग एमाले सांसदहरुको छलफल

देशान्तर

काठमाडौं– १०बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग नेकपा एमालेका दुवै तर्फका सांसदहरुले छलफल गर्दैछन् । सिंहदरबारमा दिउँसो १ बजे छलफल हुने सांसद यज्ञराज सुनुवारले बताए ।

‘पार्टी एकता जोगाउनेबारे कार्यदलका नेताहरुसँग हामी छलफल गर्दैछौं । एकता जोगाउन जोगाउन हाम्रो अभियान जारी रहन्छ’, सुनुवारले भने । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह वीचको विवाद हल गरेर पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह बनाएका छन् ।

अभियानमा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल, डा। सूर्य पाठक, लालप्रसाद साँवा एलपी, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा।दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।