काठमाण्डौ – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन । उनको अरू क्षेत्रमा पनि लगानी रहेको छ ।





प्रतिक्रिया