देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा विवाद : महन्थ ठाकुरको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अश्विकार

देशान्तर

काठमाडौँ — जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छैन । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन उचित नभएको आदेश सुनाएको हो ।

उक्त विषयमा छलफल गर्नक लागि सर्वोच्चले साउन १५ गते विवादका दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले जसपाको विवाद निरुपण गर्नका लागि उपेन्द्र यादव र ठाकुर पक्षलाई साउन ११ गते निर्वाचन आयोगमा सनाखतका लागि बोलाउने निर्णय गरेको थियो । तर, ठाकुरले भने उक्त सनाखत रोकिपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै ठाकुरले मागेबमोजिम अन्तरिम आदेश सर्वोच्चले दिएन ।