देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्या भएको तीन वर्ष पुग्दा पनि अझी दोषी पत्ता नलागेकोमा आइतबार गृहमन्त्री र प्रहरी प्रमुखलाई छिटो दोषी पत्ता लगाएर कारवाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महनिरिक्षक शैलेश थापा क्षेत्रीलाई निर्मला पन्तको हत्या बारे अहिलेसम्म भएका अनुसन्धान बारे जानकारी दिएको र चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

२०७५ साउन १० गते भीमदत्त नगरपालिका-२ का १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी निर्मलाको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।