देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारत ३८ रनले विजयी

देशान्तर

घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो । भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा सवै विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।
श्रीलङ्काका चारिथ असलङ्काले ४४ रन, अभिष्का फर्नान्डोले २६, धनुष शनकाले १६ तथा मिनोद भानुकाले १० रन जोडे ।

घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहरले दुई विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, युभेन्द्र चहल, वरुण चक्रवर्ती र क्रुनल पाण्डेयले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, इशान किसनले २० र हार्दिक पाण्डेयले १० रन बनाए ।

श्रीलङ्काका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुईरदुई विकेट लिए । यस्तै, चमिका करुनारत्नेले एक विकेट लिए ।

जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ। यसअघि भएको तीन खेलको एकदिवसीय भारतले जितेको थियो ।